Wednesday, December 28, 2016

पर्यटक तान्दै बेतना सीमसार क्षेत्र

betana-simsarपथरी (मोरङ), १३ पुस । मोरङको बेताना सीमसार क्षेत्रमा शैक्षिक भ्रमण र पिकनीकका लागि दैनिक एक सय टोली भन्दा बढी आउने थालेका छन् ।

सीमसार क्षेत्र संरक्षण समिति अध्यक्ष डम्मरसिंह बस्नेतका अनुसार दोमुखा, जामुनखाडी, सतासीधाम, इलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मूलघाट जस्ता ठाउँसम्म पुग्ने टोली यतिबेला मोरङका सीमसार क्षेत्रमा नै रमाउन थालेका हुन् ।

बेतौनामा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेज पनि निर्माण गरिएकोले मोरङको प्रमुख पर्यटकीय गन्तव्य बनिरहेको अध्यक्ष डम्मरसिंह बस्नेतको भनाइ छ ।

वरिपरि सालको घना जङ्गल रहेको बेतनामा दैनिक एकसय टोली वनभोजका लागि पुग्ने गरेका छन् भने २० टोली शैक्षिक भ्रमण गर्ने पुग्ने गरेका छन् ।

भारतको नौका बिहार, पिकनिकस्थल र विश्वको दुर्लभ कछुवा र ध्वाँसे चितुवाको बासस्थानका रुपमा लिइएको यस सीमसारमा दैनिक पाँच हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष बस्नेतको दाबी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...