Friday, December 30, 2016

समाजसेवामा श्वेता, श्रीकृष्णको सपना पूरा गर्दै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । नायिका श्वेता खड्काले सामाजिक कार्य सुरु गरेकी छन् । दिवंगत पति नायक श्रीकृष्ण श्रेष्ठको जन्म जयन्तीको अवसर पारेर श्वेताले बिहिबार घर–आँगन नेपाल नामक सामाजिक संस्थालाई १ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिन् । सामाजिक कार्यमा सक्रिय उक्त संस्थाको भवनको जग बसाल्न अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलामार्फत श्वेताले संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरेकी हुन् । दरबार मार्गस्थित आफ्नै कफी सपमा आयोजित समारोहमा रकम हस्तान्तरण गर्दै श्वेताले श्रीकृष्णले यसरी नै आफ्नो जन्मदिनमा सामाजिक सेवा गर्ने स्मरण गर्दै उनकै चाहानालाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...