Friday, December 30, 2016

पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छ: स्वास्थ्य मन्त्री थापा

gagan-thapa-650x357सोलुखुम्बु, १५ पुस । नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ ।

पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उहाँले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

मन्त्री थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीका भवन निर्माण गरिसक्ने बताउँदै बर्सेनि भवन निर्माणमै अल्झदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुने भएकाले आगामी पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीको भवन निर्माण गरिसक्ने गरी काम अघि बढिसकेको बताउनुभयो ।

अहिले स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको भन्दै उहाँले सबै भन्दा महत्वपूर्ण कुरा नागरिकले पैसाको अभावमा उपचार नपाई मर्नु नपरोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम सरकारले अघि बढाइएको बताउनुभयो ।

मन्त्री थापाले सक्नेले वार्षिक दुई हजार ५०० देखि आठ÷दश हजार तिर्ने र नसक्नेको सरकारले तिरेर स्वास्थ्य बिमा गर्दा बिरामी परेका बेलामा साथमा एक रुपैयाँ नभए पनि ढुक्क भएर उपचार गर्न सकिने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...