Friday, December 2, 2016

जापानी राजाको जन्मोत्सवको कार्यक्रममा हिमानी विशिष्ट अतिथि

himani-shaha

काठमाडौं, १८ मंसिर । जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समहारोह आयोजना गर्‍यो । ताहाचलस्थित राजदूत निवासमा ओजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्ले गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताए । उनले आफू नेपालबाट कुनै पनि बेला फिर्ता डाकिनसक्ने बताए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए । त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु , सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...