Sunday, December 4, 2016

रु आठ करोडको खानेपानी योजना निर्माण हुँदै

उर्लाबारी (मोरङ), १९ मङ्सिर । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा सरसफाइ मन्त्रालयको सहयोगमा रु आठ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो ।

चार कट्ठा जमिन खरिद गरेर २०७१ सालबाट काम गरेको केरौन कालीकोसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार राईले बताउनुभयो । केरौन गाविसको १, २ र ३ नं वडाका दुई हजार २०० घरधुरीलाई लक्षित गरेर योजना सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
खानेपानी डिभिजन कार्यालय विराटनगरबाट रु २२ लाख ४२ हजार गरी जम्मा रु ५४ लाख ४२ हजार खर्च भइसकेको र यस आव २०७३÷७४ मा नियमित बजेट रु ४० लाख विनियोजित भइसकेको समितिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...