Friday, December 30, 2016

नासा एन्माको १३ औ सम्मेलन सार्लोटमा हुने

img_7306
दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका नासा र एन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको सार्लोटमा गर्ने निर्याण गरेको छ । नासाको २० औ विशेष बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकमा अध्यक्ष नेपालले बैठकमा स्वगत गर्दै १२ औ सम्मेलनको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । आगामी दुई बर्षका लागि आर्थिक समितिको सदस्य चयनका विषयमा बैठकमा जानकारी गराउनु भएको थियो ।

नासाका महासचिव शिव विष्टद्धारा सञ्चालित सो बैठकमा आगामी नासा र एन्माको १३ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको मुख्य सुन्दर शहरका रुपमा परिचित सार्लोटमा सम्पन्न गर्न यस अघि आएको ग्रेटर सार्लौट नेपलिज एसोसियसनको प्रस्तावलाई सर्वसम्मतिबाट स्वीकार गर्दै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न राजेश सिहलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा नासाका कोसाध्यक्ष पशुपति न्यौपाने तथा बोर्ड डाईरेक्टरहरु सतिश गुप्ता र राजेन्द्र अर्यालले सम्मेलन संयोजक छनौटका विषयमा भनाई राख्नु भएको थियो । करिब दुई घण्टा सम्म चलेको सो बैठकमा नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, सहसचिव कृष्ण श्रेष्ठ तथा बोर्ड डाईरेक्टरहरु शुशिल नेपाल, नरेन्द्र बराल, विद्या गुरुड, नमिता घिमिरे, कृष्ण देवकोटा, मनिश शाक्य, भुवन खनाल, डा सुमन सिलवाल, उद्दव कार्की, लगायतले सम्मेलन सफल बनाउने विषयमा विचार व्यक्त गरेका थिए ।

बैठकको अन्त्यमा ग्रेटर सार्लोट नेपलिज् एसोसियसनका प्रतिनिधि तथा नासाको बोर्ड डाईरेक्टर शुशिल नेपालले ग्रेटर सार्लोट नेपलिज् एसोसियसनको आयोजना तथा राजेश सिंहको संयोजकत्वमा सम्मेलन सम्पन्न गर्दाका चुनौति र अवसरका रुपमा ग्रहण गर्दै सम्पुर्ण कार्यसमितिलाई धन्यवाद दिएका थिए । बैठकको समापनमा नासाका अध्यक्ष नेपालले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै उत्तरउत्तर प्रगतिको कामना गर्दै बैठक समापन गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...