Wednesday, December 14, 2016

लसएञ्जलस श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माणको क्रम अन्तिम चरणमा ,आगामी डिसेम्बर १८ बिशेष अंतर्क्रिया कार्यक्रम गरिने

frontpagepic

पछिल्लो एक दशक देखि अमेरिकाको क्यालिफोर्निया राज्यको लसएञ्जलस शहरमा नेपाली समुदायको जनघनत्व बीज गणतीय रुपमा बृद्धि हुदै गई रहेको छ l नेपाली समुदायको बाक्लो बसाई सराई सँगै नेपाली सामाजिक संघ तथा संस्था पनि त्यतिनै रुपमा झाँगिने क्रम सँगै नेपाली समुदायको अथक प्रयासमा लसएञ्जलस शहर स्थित श्री पशुपतिनाथ फाउण्डेशन युएसए को स्थापना हुन गएको छ l यस प्रतिष्ठानले थुप्रै उदाहरणीय काम गरि सकेको छ l

यही श्री पशुपतिनाथ फाउण्डेशनले आगामी डिसेम्बर १८ तारीख आफ्नो कार्य प्रगती वारे जानकारी गराउने तथा समुदाय सदस्यहरूवाट सरसल्लाह तथा सुझावहरू संकलन गर्ने भएको छ l आगामी महाशिवरात्री पूजाको पावन अबसरमा मन्दिर र स्तुपाको उद्धाटन गर्ने तयारीमा समेत लागेको जानकारी श्री पशुपतिनाथ फाउण्डेशन युएसएका समाज सेवी ,लेखा परीक्षक तथा कार्यक्रम संयोजक राजेन्द्र शिवाकोटीले जानकारी गराएका छन l

श्री पशुपतिनाथ फाउण्डेशनलाई गरेको प्रतक्ष्य वा अप्रतक्ष्य सहयोगको लागि संचार माध्यमलाई सहित धन्यवाद दिइएको छ l समुदायका सबै बाट अपार माया, सहयोग र समर्थन सहित स्थानीय नर्वाक शहरमा सुरु गरिएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माणको क्रम अन्तिम चरणमा पुगेको जनाएका छन l

कार्यक्रम संयोजक शिवाकोटीले आस्थाको धरोहर श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माणको क्रम संगै उक्त पावन भूमिलाई समुदायको आस्थाको केन्द्रको रुपमा बिकास गर्न समुदायको सकृय सहभागिता बिना सम्भव छैन भन्दै सबैलाई सहभागी हुन आग्रह गरेका छन l

लस एंजेल्समा बस्दै आएकी सामाजिक कार्यकर्ता डोल्मा लामा ले कोष बृद्धि कार्यक्रम पनि मुख्य कार्य भएकोले सबै बाट सहयोग को अपेक्षा गरेको पनि बताइन l 17221 Pioneer Blvd Artesia, CA 90701 स्थित ताराज् हिमालयन कुजिन मा आईतवार, डिसेम्बर १८, २०१६ साँझ ७:०० बजे देखि १०:०० बजे सम्म कार्यक्रम हुने तय भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...