Wednesday, December 28, 2016

सहमतिका आधारमा संशोधन प्रक्रिया अगाडि बढाऔँ: डा भट्टराई

Baburam-Bhattarai-1काठमाडौँ, १३ पुस । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राजनीतिक सहमतिका आधारमा परिमार्जनसहित पारित गर्नुपर्ने बताउनुभएको छ ।

नयाँ शक्ति नेपालले आज यहाँ आयोजना गरेको संविधान संशोधनको गतिरोध र समाधानका विकल्प विषयक गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले संविधान संशोधनको विकल्प नभएकाले त्यसमा सहमति गरेर अगाडि जानुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“संविधानको दिगो कार्यान्वयनका लागि संविधान संशोधन र त्यसपछि निर्वाचन आवश्यक छ । संविधान संशोधन र निर्वाचन एक अर्कासँग अभिभाज्य छन् । यी अलग विषय होइनन् ।” उहाँले यी दुईवटा विषयलाई अलग गरे परिस्थिति उल्टो दिशामा जाने जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले विधेयकलाई सम्भव भएसम्म साझा बनाउन विशेष संवाद थाल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण कार्यभार ‘राज्य पुनःसंरचना’ भएको बताउँदै डा भट्टराईले भन्नुभयो, “आदिवासी जनजाति, मधेसी–थारु र खस–आर्यको यथोचित स्थान हुनेगरी सङ्घीयता बनाऔँ ।” संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिने उहाँको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...