निदेश अधिकारी/काठमाडौँ – गत मंसिर २३ गते दिउसो २ बजे काठमाडाको बालुवाटारमा किरात मञ्च नेपालले एउटा कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन बिजेता मिरा राईलाई विश्व प्रशिद्द टेलिभिजन नेशनल जियोग्राफी च्यानलले हरेक वर्ष वितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नोमिनेसन गरेपछि उनलाई भोट गर्रेर जिताउन संसारभरि प्रचार गर्ने हेतु उक्त कार्यक्रमको आयोजना गरिएको हो।
विश्वभरका साहसीहरु मध्य बाट १२ औं संस्करणको लागि १० जनालाई अन्तिम मनोनयन गर्दा नेपालको तर्फबाट मिरा राईलाई ट्रायल रनरको रूपमा मनोनयन गरेको हो।
मिरा राईको पनि उपस्थिती रहेको उक्त कार्यक्रममा गायिका सरला राई, कला राई, मिना राई, मेनुका राई, पार्वती राई, गायकहरु ईशाक राई, बिक्रम राई, खुसिन्चियो चाम्लिंग, किरात राई विध्यार्थी संघका सहसचिव भिम दुमी राई, समाजसेवि विरेन्द्र राई, तथा किरात मन्च नेपाल केन्द्रिय सदस्य अमिता राई लगाएत बिभिन्न संस्थाका अगुवा, बुद्दिजिबी, पत्रकार लगाएतको उपश्थिति थियो।
मिरा राई जिताऔ अभियान अन्तरगत सामुहिक भोटिंग गर्दै देश तथा बिदेशमा रहनु भएका नेपालीहरुलाई भोट गर्न अपिल समेत उत्त कार्यक्रममा गरिएको जानकारी किरात मन्च नेपाल प्रवास केन्द्रिय समिती अध्यक्ष मुलघरे कान्छा ९ राजेन खिम्बुले राईले सञ्चार माध्यमलाई जानकारी दिएका छन्।
स्मरण रहोस् पहिलो पटक नेपाललाई यो सौभाग्य मिलेको हो । राईलाई जिताउन डिसेम्बर १६ तारिख सम्म प्रत्येक दिन भोट गर्नुपर्नेछ । भोटींग अमेरिकी समय अनुसार रातीको १२ बजे सुरु भएर २४ घन्टा पछि १२ बजे समाप्त हुनेछ।
भोटिङ्ग गर्न यो लिंकमा जानुहोस् >>>
No comments:
Post a Comment