Saturday, December 3, 2016

डा सुबेदी द्वारा डीसीक्षेत्रका नेपाली महिलाहरुलाई साइबर अपराध तथा नियन्त्रण सम्बन्धि तालिम ,महिलाहरु निकै उत्साहित

dsc00056

डिसेम्बर ३ ,डा रामहरी सुबेदीले आफ्नो एनाडोल स्थित निजि निवासमा साइबर अपराध तथा नियन्त्रण सम्बन्धि डीसीक्षेत्रका नेपाली महिलाहरुलाई जानकारी दिने उद्धेश्यले तालिमको आयोजना गरे l

dsc09896

उक्त तालिम कार्यक्रममा यस भेकमा बसोबास गर्ने बिभिन्न पेशामा संलग्न महिलाहरुको उत्साहपूर्वक सहभागिता रहनुको साथै डा सुबेदी द्वारा दिएको तालिम बाट महिलाहरु निकै उत्साहित भएका छन् l

dsc00052

सहभागी हुने सबैले कार्यक्रम राम्रो ,लाभदायक र उपलब्धि मुलक रहेको बताएका थिए l उनले उक्त तालिममा साइबर सम्बन्धि जानकारी दिदै प्रत्येक सेकन्ड मा १४ जना साईबर अपराधको शिकार हुने बताए l सन् २०२० मा ५० बिलियन इन्टरनेट सुबिधा हुने बताए l उन्ले अपराध सम्बन्धि प्रसंगमा १ सय २९ डलर दिएमा ह्याकरले जो कसैको पनि ह्याक गर्न सक्ने बताए l यदि पक्राउ खाएमा १५ /२० बर्ष जेल पर्न सक्ने बताए l कसरि कम्प्युटरमा भाइरस लाग्छ र समाधान गर्ने उपाय बताएका थिए l

dsc09910

उन्ले आइफोन हराएमा कसरि भेट्ने त्यो पनि व्यवहारिक रुपमा प्रदर्शन गरि देखाए l जहिले पनि फेसबुक ,इमेलहरुमा २ वटा रिकोभरि राख्नु पर्छ भने l उनले साइबर अपराधको बारेमा जानकारी दिदा नेपाल मै ठगि भएका कैयौ घटनाका उदाहरण दिए l अब भबिष्यमा कारहरु पनि इन्टरनेटबाट चल्ने भएको बताए l जस्मा इन्जिन नै नहुने बताए l यदि गाडी त्यसरी बिग्रियो भने फोन जस्तै अन गर्नु पर्ने बताए l

dsc00005

आज भएको कार्यक्रममा डीसी क्षेत्रका अगुवा महिलाहरुले विभिन्न धारणा राखेका थिए l सहभागी हुनेहरुमा एनआरएन अमेरिकाकि वर्तमान उपाध्यक्ष रबिना थापा, महिला अधिकारकर्मी तथा प्राध्यापक माधवी कार्की ,एनडब्लुजीएन कि पूर्व सभापति बिष्णु कुमारी थापा ,अधिवक्ता बन्दिता शर्मा दाहाल ,सान कि अध्यक्ष मंजु संग्रौला ,नेपाल कल्चर स्पोर्ट्स इन्टरनेसनल कि सभापति सीता पाण्डे,सकुन्तला अधिकारी तथा अन्य महिलाहरुको सह्भागीता रहेको थियो l सहभागी हुने सबैले डा रामहरी सुबेदीलाई धन्यबाद दिएका थिए l

dsc00002

तालिमा सहभागी हुने हरुलाई प्रमाण पत्र वितरण गरिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...