Monday, December 12, 2016

अमेरिकाका कराते खेलाडी ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा

dsc00326

डीसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीमा जुटेका छन l  नेपाल र नेपालीको नाम उच्च राख्ने हेतुले नेपाली समुदायको शुभेक्षा ,हौशला ,समर्थन तथा आशिर्बाद लिने उद्धेस्यले गत दिसम्बर ११ तारीख बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम संपन्न गरेका छन l

उनको यो तैयारी तथा अन्य बिषयमा समेत जानकारी दिने हेतुले बाल्टीमोरका नेपाली समुदायको पहलमा अमेरिका गट ट्यालेन्ट सम्बन्धी एक अंतरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो l उन्ले कसरी आफुले अमेरिका गट ट्यालेन्टमा गिनीज पुस्तकको लागि भिडियो (श्रब्य दृश्य ) पठाएको र पत्राचार गरेको बारेमा उन्ले जानकरी गराएका थिए l उन्ले पत्र नै सार्बजनिक गरि सामाजिक संजालमाँ राखेका छन l

dsc00300
ठकुरी आगामी जनवरी १४ तारीखमा अमेरिकाको फिलाडेल्फियामाँ १२ औ सत्रको लागि आमंत्रित भएका छन l र समय ६ बजेर ३० मिनट मा पुग्नु पर्ने भनी पत्रमा तोकेको छ l र उनको त्यों प्रस्तुति क़्यू एक्ट पद्धति माँ राखिएको बताएको छ lठकुरीले त्यहा राम्रो प्रदर्शन गरे भने उनीले अमेरिका गट ट्यालेन्टमा प्रत्यक्ष प्रसारण मा भाग लीन पाउने छन l र अमेरिका गट ट्यालेन्टमा संभवत ठकुरी अहिले सम्मको जानकारी अनुसार नेपाली मूलका पहिला ब्यक्ति पनि हुने छन l अमेरिका गट ट्यालेन्टमा सहभागी हुन जाने बिषयलाई लिएर खेलाड़ी ठकुरीलाई हौशला र ब्यापक प्रचार प्रसार जुटाउन पनि संचार कर्मीलाई जमघट गराएको कार्यक्रमलाई संयोजन गर्ने महेश भट्टराईले बताए l
dsc00313
बाल्टीमोरमा संपन्न पत्रकार भेटघाट कार्यक्रममा डीसी महानगर क्षेत्रका पत्रकारहरुको उपस्थिति रहेको थियो भने बिभिन्न जिज्ञाशाको उत्तर खेलाड़ी ठकुरीले दिएका थिए l  ठकुरीका उमेरका खेलाडीहरु अवकास लिने अवस्थामा हुन्छन् भने उमेरले कहिले आफू भित्र रहेको प्रतिभा न मर्ने भएकोले केवल नेपाल र नेपालीको नाम उच्च पार्दै नेपाली झंडा लाई विश्वमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन l

dsc00309यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् l कार्यक्रम सञ्चालन संचारकर्मी सरोज केसीले गरेका थिए l

dsc00282 dsc00287

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...