Sunday, December 18, 2016

रोनाल्डोको हृयाट्रिकमा रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप

anta_press-release-12-18-16-page-002

काठमाडौं, ३ पुस । स्टाइकर क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मद्दतमा रियल मड्रिडले फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ । जापानको योकाहामास्थित निसान स्टेडियममा आइतबार भएको फाइनलमा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई उसकै घरेलु मैदानमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्काएपछि खेल बराबरीमा अघि बढ्यो । खेलको ५२ औं मिनेटमा जापानी क्लब कासिमले गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले गोल फर्काउँदै खेललाई फेरि बराबरी स्थितीमा ल्याए । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थपियो । जसको ९७ औं मिनेट पहिलो गोल रोनाल्डाले गरे । त्यसपछि रोनाल्डोले १०४ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा हृयाट्रिक पुरा गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...