Thursday, December 22, 2016

लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण र कालोमोसो,कार्कीको वक्तव्य सहित

lokman

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत भित्र दुर्व्यवहार गरिएको छ l कार्कीलाई सर्वोच्च अदालत पुगेर गाडीबाट ओर्लिंना बित्तिकै भीडबाट निस्किएका २ जनाले उनी माथि मुड़की हानि कालोमोसो दलेका थिए l

उनीहरुले ‘नेकपा माओवादी जिन्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, ज्यानमारालाई कारवाही गर’ लगायतका नारा लगाएका थिए। कालाेमाेसाे दल्नेहरूमा कीर्तिपुर बस्ने रूकुमकाे रूकुमकाेट–८ का प्रवल शाही र गंगबु बस्ने रूकुम अाठबारी–४ का चन्द्रबहादुर बुढा रहेकाे खुलेकाे छ। उनलाई दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शाही र बुढा दुबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका कार्यकर्ता भएकाे खुलेकाे सर्वाेच्च अदालतकाे प्रहरीले जनाएकाे छ।

तस्बिरः दुर्गा दुलाल

आक्रमण भएको केहि समय पश्चात कार्कीले आफ्नो नाममा वक्तव्य सार्वजनिक गरेका छन् । 

कार्कीले-सार्वजनिक-गरेको-वक्तव्य-जस्ताको-तस्तै

lokman-2 lokman-1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...