Friday, December 2, 2016

भर्जिनियामा अपरिचित अनिमन्त्रित व्यक्तिको गोलि हानी हत्या

intruder

अमेरिकाको भर्जिनियाको कल्पेपर भन्ने शहरमा रातको समयमा शंकास्पद शैलीमा घर छिर्न खोज्ने एक अपरिचित अनिमन्त्रित व्यक्तिलाई घर मालिकले गोलि हानि हत्या गरेका छन l कल्पेपर प्रहरीले उक्त कुरा जनाएको छ l गत डिसेम्बर १ तारिख साँझ ६ बजेर २२ मिनेटको समयमा घटना घटे पछि प्रहरी पुगेको थियो l उक्त घटना वुडल्याण्ड चर्च सडकको १४ हजार घर संख्या घटन गएको हो l

शंकास्पद व्यक्तिको नाम प्रहरीले सार्बजनिक गरेको छैन भने यस बिषयमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ l र यस भेकमा यस्ता शंकास्पद कोहि व्यक्ति रहेका छन् भन्ने शंकामा अन्यको खोज तलास पनि गरेको प्रहरीले जनाएको छ l

अमेरिकामा घर मालिकलाई शंका लागे या यस्तो गतिबिधि कुनै पनि मान्छे देखिए घर मालिकले आफ्नो ज्यान बचाउन गोलि हनन सक्ने छन् भने कैयौ निर्दोष पनि मारिएका थुप्रै घटनाहरु भएका छन् l कल्पेपर भर्जिनियामा झन्डै हजार जन संख्या भएको शहर हो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...