Thursday, December 22, 2016

पत्रकार महासङ्घमा अक्षयकोष स्थापना

दाङ, ८ पुस । पत्रकार दुर्गालाल केसीको परिवारले बुबाको सम्झनामा नेपाल पत्रकार महासङ्घ, दाङ शाखामा रु ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

सो कोषको ब्याजबाट आउने रकमले प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मान गरिने परिवारले जनाएको छ ।

पत्रकार केसीका बुबा स्व धनीराम खत्रीको सम्झनामा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशील पत्रकार महासङ्घले गरेको श्रद्धाञ्जलि सभामा परिवारको तर्फबाट छोरा मानबहादुर खत्रीले उक्त अक्षयकोषको घोषणा गर्नुभएको हो ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासङ्घ, दाङका पूर्व अध्यक्ष केवी मसाल र केएल पीडित, प्रेस चौतारी नेपालका उपाध्यक्ष सवीन प्रियासन, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस सेन्टरका प्रदेश सचिव गणेश वली, प्रगतिशील पत्रकार सङ्घका महासचिव उदय जिएमले शोक मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...