Friday, December 30, 2016

बानेश्वरमा सरकारी गाडीमा आगजनी

gadiकाठमाडौं, १५ पुस । राजधानीको नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी गरिएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको विरोध सभा भइरहेका बेला बुद्धनगर क्षेत्रमा सरकारी गाडीमा आगजनी र तोडफोड भएको हो ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको र कसले आगो लगायो भन्ने खुलेको छैन ।

अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...