Wednesday, December 21, 2016

“भरोशा”

ishwari gautam

माया र आश्थाको
झिल्क। झिल्की को
रंग खोज्दै
तिम्रो समीप पुगे
तर तिमी त निभिसकेछौ ।

अकाशको जून र
धर्ति को फूल चुम्न खोजे
तर
तिमी क्षितिज पारी
अस्ताइसकेछौ ।

मन देखि पर पर खोजे
तर
तिमी पवन बाट पनि
बिलाइसकेछौ ।

मनको आत्मा बाट खोजे
तर
गोधुली को साझमा
धुलो भै उडी सकेछौ
तर पनि म
तिम्रै भरोशा मा बाचिरहेछु बाचिरहेछु ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...