पर्सा, १५ पुस । नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवानले स्थानीय तहको सट्टा स्थानीय निकायको निर्वाचन गराए प्राप्त उपलब्धि पनि गुमिने खतरा रहेको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टीले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सविधानको भावना अनुसार स्थानीय तहको निर्वाचन गराए मात्र मुलुक अग्रगमनतर्फ जाने विश्वास व्यक्त गर्नुभयो ।
सो पार्टीका प्रदेश नम्बर –२ का प्रमुख समेत रहनुभएका नेता पासवानले स्थानीय निकायको निर्वाचन गर्नु भनेको काँग्रेस, माओवादी केन्द्र र एमालले मुलुकलाई २०४७ सालकै संविधानतर्फ फर्काउन खोजेको आरोप लगाउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
संविधान संशोधन नभए निर्वाचनको वातावरण निर्माण हुन नसक्ने र संविधान कार्यान्वयनमासमेत जटिलता थपिने भएकाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने पनि उहाँले बताउनुभयो
Thursday, December 29, 2016
स्थानीय तहको निर्वाचन गराउनुपर्दछ : नेता पासवान
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment