काठमाण्डौ : सोलुखुम्बुका मोडल रमेश कुमार खत्री एक प्रतिभाशाली कलाकार हुन, सानैदेखि अभिनय, गीत संगीत र नृत्यमारुचि राख्ने रमेश म्युजिक भिडियोमा भने पहिलो पटक देखिन लागेका हुन भने यो भन्दा अगाडी पनि केहि शिक्षामुलक सर्टमुभिमा समेत अभिनय गरी सकेका छन। गायक अनिल राईको गीत “मेरो दिल चुँडेर” वाट रमेश म्यूजिक भिडियोमा पहिलोपल्ट देखिँदैछन् । सत्यराज चौलागाईको निर्देशनमा बनेको भिडियोमा रमेशका अतिरिक्त साजन कटेल र मेघा केसीलेअभिनय गरेकाछन् । यस गीतमा अनिल राईको संगीत रहेको छ । गीतमा शब्द सत्यराजले लेखेका हुन् ।
कुमार थापाको एरेन्ज रहेको गीतको छयांकन मिलन शंकरले गरेका हुन् भने टेकेन्द्र शाहले गीतको सम्पादन गरेकाछन् ।नेपाली सांगीतिक बजारमा भर्खरै मात्रा आएको उक्त म्यूजिक भिडियो थानकोट, गोकर्ण, बौद्ध लगायतका रमणीय क्षेत्रमाछयांकन गरिएको छ ।
सानै देखि आफ्नो रूचि कलाकारिता क्षेत्रमा भएको हुदानै आफु यो क्षेत्रमा प्रबेश गरेको र भविष्यमा एक कुशल मोडल,अभिनेता बनेर नेपाली समाजमा एक सकारात्मक सन्देश फैलाउने उनको सोच रहेको छ l अन्य केही भिडियोमा अभिनयकालागि अफर आए पनि नया भिडियोहरुको बारेमा तत्कालै नसोचेको र राम्रो काम आए आफुले अभिनय गर्ने कुरा पनि उनलेबताए । रमेशमा कुशल नृत्य तथा अभिनय कला रहेको भिडियोसँग सम्बद्ध कलाकारहरुले बताएकाछन् ।
भिडियो हेर्नुहोस:
No comments:
Post a Comment