Monday, December 5, 2016

कम्युनिष्ट शक्ति गोलबन्द हुनुपर्छ : अध्यक्ष वैद्य

spotlight-Mohan-Baidyaदाङ, २० मङ्सिर । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सबैको अधिकार नसमेटिएको भन्दै संविधानको औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष वैद्यले संविधानप्रति सबै दल र पक्षहरूको असन्तुष्टि रहेको भन्दै यसमा संशोधन गर्नुको कुनै औचित्य नभएको टिप्पणी गर्नुभयो । देशका सीमान्तकृत वर्ग समुदायको अधिकारसँगै मधेसीको मागलाई संविधानमा नसमेटिएकै कारण समस्या बल्झिदै गएको उहाँको भनाइ थियो ।

सरकारले पछिल्लो समयमा संविधान संशोधनका लागि दर्ता गरेको प्रस्ताव बाह्य शक्तिको चलखेलका आधारमा ल्याइएको भन्दै अध्यक्ष वैद्यले संशोधनबारे सरकारमै रहेका पार्टीका नेताहरू विभाजित भएको जिकिर गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...