Saturday, December 17, 2016

एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न।

fc_kent-v

गत १७ डिसेम्बर २०१६ को दिन फोक्स्टन, वेलायतको लेमन लिफ रेस्टुरामा एफसी क्लब (भेटेरन) को वर्षगाँठ भब्यरुपमा सम्पन्न भयो।

सदाको वर्षहरुझै यस वर्ष पनि यो वर्षगाँठ फुटबल खेल्ने सिजन सकिए पछि वर्षभरिको शिल्ड र जितेका नगद पुरास्कारहरु एकसाथ बनाएर परिवारहरु सँग बसेर रमाईला तथा तितामिठा गफ र चिनजान साथै भेटघाट गर्ने गरेको हो ।

यस वर्ष बेलायमा हुने नेपालीहरुले खेलाउने भिभिन्न खेलहरुबाट ३ वटा शिल्डहरु यस क्लबले हात परेको हो। यसैलाई अवसर पारी नयाँ खेलाडीहरुलाई स्वागत साथै खेलको लागी स्पन्सर गर्नुहुनेलाई धन्यवाद दिने क्रममा : स्याम लामा, गुप्तराज चेम्जोङ, बुद्धीकुमार सुनुवार, सुमन थापा, नेत्र राई, भ बहादुर पुन, सँगम राईलाई स्वागत स्वरुप टोकन प्रदान गरियो। ब्यबस्थापन सम्बन्धी धेरै सहयोग पुर्‍यौदै आएको स्टोर ९३ आसफोर्डको तर्फबाट डम्बर खजुमलाई र प्रत्येक खेलमा जिते वापत १०० पाउण्ड साथै सन २०१७ को खेलाडीहरुलाई पुग्ने लुगा प्रदान गर्नुहुने गोर्खा ज्वेलरि आसफोर्डको तर्फबाट युबराज लिम्बुलाई कृतज्ञाताका साथ धन्यवाद स्वरुप सर्टिफिकेट प्रदान गरियो।

उक्त क्रममा, मेनेजर बुद्धी सुनुवर, सहायक मेनेजर छबिन्द्र चोङ्बाङ, टिम कोच लोक चेम्जोङ्, टिम क्याप्टेन पदम योङ्याहाङ् लगायतले नयाँ खेलाडीहरुलाई स्वागत साथै डम्बर खजुम र युबराज लिम्बुलाई मुरि मुरि धन्यवाद दिनु भएको थियो।

कार्यक्रमको अन्त्यतिर छबिन्द्र चोङ्बाङ, रबिन परियार र ईशु गुरुङले गीत गाएर भर्पुर मनोरन्जन दिलाएका थिए।

दिउसो २ बजे बाट शुरु भएको सो कार्याक्रम बेलुकि ९ बजे सकिएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...