Thursday, December 22, 2016

करिश्माको “फागु” को विशेष शो: बाल्टिमोरमा हुने।

picsart_12-22-06-58-32

.लामो समय तपाईं हाम्रै यस बाल्टिमोर, मेरिल्याण्ड राज्यमा रहँदै आउनुभएका नेपाली चलचित्र जगत कि चर्चित नायिका करिश्मा मानन्धर द्वारा निर्माण नेपाली पारिवारिक कथानक चलचित्र “फागु” को एक विशेष प्रदर्शन शो: हुने भएको छ।

हाल नेपालमा आफ्नै पुरानो फिल्मी क्षेत्रमा फर्किएर केहि गर्छु भनी संघर्षरत करिश्मा मानन्धर ज्युको विशेष अनुरोध र हाल निर्माता बिनोद मानन्धर बाल्टिमोरमा आउनुभएको विशेष अवसरलाई सदुपयोग गर्दै नेपाली चलचित्र प्रेमी नेपाली दर्शक साथीभाईहरुको लागि यो क्रीसमस् तथा नवबर्ष 2017 को उपहार स्वरुप एभरेष्ट इन्टरटेन्टमेन्टको सहकार्यमा यो विशेष शो: गरिने जानकारी आयोजक दिलिप श्रेष्ठ तथा अपार श्रेष्ठ ज्युले हामीलाई जानकारी गराउनु भएको छ।

आउनुहोस् यहि आउँदो सोमबार ९:०० बजे हुने विशेष शो: मा हामी सबै जाऔं र चलचित्रलाई भब्य सफल बनाऔं। नेपाली भाषा, कला, संस्कृति, चलचित्र अनि कलाकर्मीलाई माया तथा सम्मान गरौं।

© मेरिल्याण्डका हामी नेपाली, 2016

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...