गत दिसम्बर १९ तारीख जर्मनीको बर्लिनमा भएको आतंकवादी आक्रमणका मुख्य आरोपी इटालीको मिलानमा मारिएका छन l क्रिसमस को समयमा बर्लिनको व्यस्त बजारमा मालबाहक गाड़ी (ट्रक) ले कुल्चेर १२ जना सर्वसाधारणको हत्या तथा ४९ जना लाई घाइते पारेको आरोपी अनिस अम्री इटालीमा मारिएको खबर छ ।
शुक्रबार बिहान मिलानको सेस्तो सान जिओबानी क्षेत्रमा प्रहरी जाँचको क्रममा उनलाई परिचय पत्र माग गर्दा पछाडि तर्फ राखेको बन्दुक निकली प्रहरी माथि गोली चलाएका थिए । प्रहरीको जवाफी कारवाही उनी मारिएका थिए । इटालीका गृहमन्त्रीका अनुसार मिलानमा प्रहरीसँग भएको गोलिबारीमा उनी मारिएका हुन् ।
मन्त्री मार्को मिनेटीले भने, ‘मारिने व्यक्ति अनिस आम्री हुन् भन्ने कुनै शंका छैन ।’ घटनामा एक प्रहरी अधिकृत घाइते भएका छन् भने प्रहरीको उपचार भाई रहेको छ l उनी फ़्रांसको क्षेत्र स्याभोईबाट रेलगाडीमा मिलान पुगेका थिए l अम्री सन २०११ मा ईटली बिना परिचय पत्र पुगेको र १७ बर्ष को नाबालिग दाबि गरेका थिए l उनी बिद्यालय आगजनी मुद्दामा ४ बर्ष ईटलीको कारागारमा समेत बिताएका थिए l
४ बर्ष ईटलीको कारागार पश्च्यात उनलाई सन २०१५ मा ट्युनिसिया फर्काउन खोज्दा कागजात पूरा नभएको कारण ट्युनिसियाले अस्वीकार गरेको थियो l
श्रोत :एजेंसी
No comments:
Post a Comment