Wednesday, December 28, 2016

पहिलो दलित महिला स्थानीय विकास अधिकारी सम्मानित

भोजपुर, १४ पुस । नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित हुनुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।

रुपकोट–२ कास्कीमा जन्मनुभएकी परियार भोजपुर जिल्लाको ३२आँै स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहनुभएको छ । उहाँले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसक्नुभएको छ ।
कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...