Thursday, December 1, 2016

ट्रंपले उत्पादन प्रतिष्ठानलाई अमेरिका नछाड्न खबरदारी

gettyimages-627024894

डिसेम्बर १ , निर्वाचित डोनाल्ड ट्रंपले अमेरिकामा रहेका उत्पादन प्रतिष्ठानहरुलाई अमेरिका नछोड्न साबधानी गरेका छन् l अमेरिकामा चालु अवस्थामा रहेका उत्पादनहरु अमेरिका छोडेर गए परिणाम भोग्नु पर्ने उनले चेतावनी गराएका छन् l

इन्डियानामा ट्रंपले झन्डै १ हजार कामदारहरुको जागिर सुरक्षा गराउन क्यारियर नामक वातानुकुलित (एयर कन्डिसन ) संस्थान मेक्सिको जाने योजनामा रहेकोले उन्ले त्यहाँ भौतिक रुपमा उपस्थित भै बोले l

यसै बिचमा आफुलाई बिजयी गराउने राज्यको भ्रमण लाई पनि निरन्तरता दिदै युएसए थान्कयु टुर २०१६ (युएसए कृतज्ञता यात्रा २०१६ )नामक भ्रमण यात्रा ओहायो बाट सुरु गरेका छन् l यसै बीच डोनाल्ड ट्रंपले रक्षा सचिबमा जेम्स माटिस लाई नियुक्त गरेको छापामा सबै संचार माध्यमले लेखेका छन् l उनले क्यारियर संस्थान संग सम्झौता गरेको र अन्य लाई पनि अमेरिका बाहिर लग्न नदिन सोची रहेको बिबिसीले लेखेको छ l

ट्रंपले बोल्दै यदि अमेरिका छोडेर उत्पादन कम्पनि गएमा सीमामा ठुलो कर लाग्ने बताए l उनले मन्तब्य राख्ने क्रममा पुन स्मरण गराउदै कर घटाउने र बन्दोबस्त गर्ने प्रतिज्ञा गरेका छन् l

क्यारियर संस्थानलाई ७० लाख डलर एक मुष्ठ कर १० बर्षको अवधिमा दिने सुअवसर दिने समाचारमा लेखेको छ l जस्को सट्टामा झन्डै मेक्सिको ८ सय संघका कामदार बाट समान झिकाइने र यस्को अतिरिक्त ३ सय अनुसन्धान तथा प्रधान कार्यलयमा थप अवसरहरु निर्माण हुने छन् भनि समाचारमा लेखेको छ l

अझ पनि १ हजार ३ सय जागिर दक्षिण सिमामा जाने छ l ७० लाख डलरको कर छुट एक आकस्मिक प्रोत्साहन हो भनि क्यारियर संस्थानले जनाएको छ l  यस्को अतिरिक्त क्यारियर संस्थानको मूल प्रतिष्ठान युनाइटेड टेक्नोलोजी संग १ करोड ६० लाख डलरको लगानी गर्ने र कारखानालाई नवीनतम गर्ने कुरामा सम्झौता पनि भएको निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले निश्चित गरेका छन् l ट्रंपले झन्डै एक हजार कामदारलाई जागिर बाट हात धुनु पर्ने जटिल अवस्थालाई समाधान गरि दिएका छन् l

.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...