Tuesday, December 6, 2016

महिला स्वयम्सेविकालाई पोसाक वितरण

रसुवा, २२ मङ्सिर । ग्रामीण क्षेत्रमा काम गर्ने महिला स्वयम्सेविकालाई यहाँ कार्यरत गैरसरकारी संस्थाले मङ्गलबार पोसाक वितरण गरेका छन् ।

उत्तरी रसुवाको स्याफ्रु, बृद्धिम, थुमन, चिलिमे, गोल्जुङ र गतलाङ गाविसका ५४ जना महिला स्वयम्सेविकालाई स्वास्थ्य क्षेत्रको सुधारका लागि साझेदारी कार्य गर्दै आएको सेभ द चिल्ड्रेन, मानेकोर सोसाइटी तथा रेडक्रस संस्थाले पोसाक तथा टर्च वितरण गरेको जिल्ला स्वास्थ्य प्रमुख डा विवेककुमार लालले बताउनुभयो ।

वितरित पोसाकमा तातोका लागि स्वेटरसमेत स्थानीय वेशभूषामा मिल्दो पोसाक रहेका छन् । उनीहरुलाई एक–एक सेट पोसाकका साथै औषधि राख्ने फस्ट एड बक्ससमेत वितरण भएको डा विवेकले बताउनुभयो ।

एक कार्यक्रमबीच प्रजिअ कृष्णप्रसाद अधिकारीमार्फत महिला स्वयम्सेविकालाई पोसाक वितरण गरिएको थियो । भूकम्पपछि स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुु¥याउँदै आएको मानेकोर र सेभ द चिल्डे«न संस्थाले गोल्जुङ स्वास्थ्य चौकी छिट्टै निर्माण गर्ने कार्यनीति तय भइसकेको मानेकोर सोसाइटीका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...