Thursday, December 29, 2016

अज्ञात रोगले एकै किसानका ३१ बाख्रा मरे

mountain-goatsडोटी, १४ पुस । एक्कासि देखिएको अज्ञात रोगका कारण डोटीको बाँझककानी गाविसका एक किसानका ३१ बाख्रा मरेका छन् ।

व्यावसायिक रुपमा फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका बाझककानी–१ का जङ्गबहादुर खड्काको फार्ममा सो रोग देखा परेको हो ।

मङ्सिरको दोस्रो सातादेखि देखिएको अज्ञात रोगका कारण सोही महिनाको ३० गतेदेखि बाख्रा मर्न सुरु भएको खड्काले राससलाई बताउनुभयो ।

उहाँका अनुसार सुरुका दिनमै नौवटा बाख्रा मरेका थिए । फार्म रहेका ५६ वटा बाख्रामध्ये अहिले २५ वटा मात्रै बाँकी छन् ।

खड्काले दुई वर्ष यतादेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले विसं २०७२ मा राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाबाट रु सात लाख ऋण लिएर बाख्रापालन सुरु गर्नुभएको थियो ।

बाख्रापालनबाट राम्रो आम्दानी हुने देखिएपछि आफूले यो व्यवसाय रोजेको खड्काको भनाइ छ ।

सुरुमा बाख्राको शरीरमा रौँं पातलिँदै जाने, विस्तारै चायाँ पर्दै जाने र अन्ततः बाख्रा ¥याल काढेर मर्ने गरेको खड्काले बताउनुभयो । रोगले बाख्रा मर्न थालेपछि नजिकै मौवामा रहेको पशुसेवा केन्द्रमा सम्पर्क गरेर पशु स्वास्थ्यकर्मी बोलाइएको तर त्यसबेला रोग पत्ता नलाग्दा लक्षणका आधारमा उपचार गरिएको खड्काले बताउनुभयो ।

जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले थप समस्या देखिए विशेषज्ञ खटाउने तयारीमा रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...