Friday, December 9, 2016

देशको अस्तित्व सङ्कटमा पर्ने कुनैपनि प्रस्ताव स्वीकार्य हुँदैन : नेता नेम्वाङ

suvasपथरी (मोरङ), २४ मङ्सिर । नेकपा (एमाले)का नेता सुभाषचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन् ।”

एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहँु खोज्ने काम मात्र गरेको आरोप लगाउँदै “९० प्रतिशत सभासद्ले पारित गरेको संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव दर्ता गराउनुको कुनै औचित्य छैन भन्नुभयो ।”

उहाँले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिदैं ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...