Sunday, December 18, 2016

देशमा राजनीतिक स्थिरता अहिलेको मुख्य चुनौती – नेता प्रकाशमान सिंह

anta_press-release-12-18-16-page-001

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोहको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कग्रेसका नेता तथा पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता अहिलेको मुख्य चुनौती भएको बताए । आइसिटी पत्रकार विकास मञ्चको छैटौ वार्षिकोत्सव समारोह अन्तरक्रिया तथा सम्मान कार्यक्रम २०१६ मा बोल्दै सिंहले सामाजिक सञ्जाल तथा सोसल मिडियामा प्रयोगमा केही कमी कमजोरी भएको बताउदै प्रयोगकर्ताहरुले पनि सही विषयवस्तुलाई राम्ररी नबुझी छिटो प्रतिक्रिया पोख्दै जँदा सामाजिक सञ्जाल असभ्य बन्दै गएकोले बेलैमा यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

सोसल मिडियामा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि केही कमजोरी भएको स्वीकार्दै एउटाले गरेको कमजोरीलाई लिएर सिङ्गो राजनीतिक क्षेत्रलाई बद्नामित गराउने काम भने हुनुभएन, नेता सिंहले भने । परिणमा सोसल मिडियामा पनि त्यही भइरहेको अवस्था छ । देशमा राजनीतिक स्थिरता अहिलेको पहिलो आवश्यकता भएकोले यसतर्फ सम्पूर्ण राजनीतिक दल र राजनीतिककर्मीहरुको ध्यान जानुपर्ने औल्याउदै आरोप प्रत्यारोपभन्दा पनि सहमतीको राजनीति अगाडी बढाउनुपर्नेमा सिंहले जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...