Wednesday, December 7, 2016

सरस्वती लामाको म्यूजिक एलबम “उर्वसी” “URBASI” को लोकार्पण हुँदै – मंसिर २४ शुक्रबार (Decembar 9 , 2016)

unnamed

गायिका सरस्वती लामाको दोश्रो म्यूजिक एलबम “उर्वसी” “URBASI” को लोकार्पण यही २०७३ मंसिर २४ शुक्रबार (डिसेम्बर ९, २०१६) शुक्रबारका दिन सिटीम्याक्स हल बागबजार, काठमांडूमा हुने भएको छ।जापानका लागि पूर्व राजदुत डा. गणेश योञ्जन तामाङको हातबाट लोकार्पर्ण गरिने उक्त म्यूजिक एल्बममा ५ वोटा गीतहरु समावेश गरिएका छन।

बोल्ड भ्वाइस अनि रक-पपमा प्याट्रनमा गाउने लामाले यो पटक भने लोक, पप, पूर्वेली, आधुनिक र रकमा वेस्टेर्न डिस्कोमा नेपाली फ्यूजन समेत गाउनु भएको छ। हरेक गीतको फरक प्याट्रन र बिशेषता छन्। कतै तमोर जस्तै बगेको छ त कतै कर्णाली जस्तै गहिराइमा पुगेको छ।

एलबमका गितहरु चर्चित संगीतकारहरु शान्ति राम राइ, बसन्त सापकोटा, हरि लम्साल, स्पन्दन सोराहाङ् राइले संगीत दिनुभएको छ भने शब्दहरु बसन्त सापकोटा, कृष्ण के सी, नरेश भट्टराई, भिम राइ, डिम्पल लिम्बूको रहेको छ।

गीतको एल्बमबारे गायिका लामाले भन्नुभयो- यो एउटा संयोग नै हो कि मेरो धेरै मन मिल्ने साथी अमेरिका हुनुहुन्छ र उहाँको सुझाव अनुसार मेरो शुभ अक्षर “उ” बाट उर्वसी नाम जुराइदिनुभयो। प्रस्ताब गर्दैमा मलाई धेरै खुसी लागेको थियो।अनि मैले उहाँलाई टाइटल सङ पनि लेखिदिन अनुरोध गरे।गीत लेखिदिनुभयो।यो एल्बम एउटा सबैखाले गितहरुको मिश्रित बनाएर पस्केकी छु। श्रोताहरुलाई पक्कै पनि मनपर्छ भन्ने कुरामा म विश्वस्त छु।

लामाले उक्त बिमोचन कार्यक्रममा उपस्थित भैदिनुहुन सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।
कार्यक्रम: “उर्वसी” URBASI म्यूजिक एल्बम लोकार्पण कार्यक्रम

कार्यक्रम हुने मिति र स्थान
मिति : २०७३ मंसिर २४ शुक्रबार (डिसेम्बर ९, २०१६)
स्थान : सिटीम्याक्स हल बागबजार, काठमांडू ।
समय : दिउसो ठिक १:३० बजे

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...