Tuesday, January 10, 2017

दोहा मा नेपालि दुताबाश को मनोमानी मजदुरलाइ सास्ती!!!

ध्रुब क्षेत्री – दोहा कतार , पौष २६, करिब ५ लाख हाराहारी नेपालि मजदुर भएको कतारमा बाहिर देश बाट यहाँ काम गर्ने मजदुर मध्यमा अनुमानिक धेरै लेबर काम गर्ने नेपाली नै छन् ! अनेक समस्या बाट झेलिएका नेपाली मजदुरहरु कतिलाई त दुताबाश कहाँ छ र कसरि त्यहाँ पुग्ने भन्ने समस्या ले गिजालिएको हुञ्छ , त्यसमा पनि कतिलाई यहाको दोहा सिटि र अन्या बजार जान सम्म फुर्सद हुदैन कारण त तेही नै हो” सानो तलब सुबिधा, महँगो टेक्सी भाडा अनि समय को अभाब वा कम्पनि ले भनेको समयामा छुट्टि नदिनु!! आज दोहा को अल्लि चहल पहल हुने दिन वा यहाँ का सरकारी वा निजि कम्पनीका सबै कार्यालय खुल्ने दिनमा , नेपालि मजदुरहरु पनि आफ्नो राज्यको प्रमुख निकाय मान्नियेर बसेको नेपालि दुता बाश कतारमा बिभिद समस्या लिएर जानेनै भए! कयु आफ्ना पासपोर्ट नबिकरण त कति भिसा परिवर्तन वा अति आबस्यक जस्ता आफन्त को मृत्यु र मृतक को सब नेपाल पठाउनु पर्ने जस्ता तर यहाँ का कर्मचारी को मनोमानी हेर्ने हो भने यो कुनै ब्यक्ति को कम्पनि हो! आज कुनै दसैँ , दिवाली वा इद को बिदा थिएन वा पुष २७ पनि होइन जहाँ कार्यालय अनौपचारिक रुपमा बन्द जस्तै हुनु पर्ने! तर जे देखियो अल्लि भिन्न’ बाहिर तिर सयौ नेपाली मजदुरहरु आफ्ना समस्या लिएर उभिएका छन् तर माथिल्लो निकाय वा मजदुर संग सरोकार राख्ने अफिश का ढोका बन्द छन् ! सर्बसाधरण का हुल बाहिर यत्र – तत्र छन् कोहि कसैको चासो छैन, नत त्यहाँ को भिड लाइ एकत्रित गर्ने वा कसैको समस्या लाइ वास्ता गर्ने! यसै मध्य का एक पिडित हुन् कुनै १ कम्पनि मा काम गर्ने मजदुर खिम सुनार’ जो आफ्नो साथि मृतक गोविन्द राज कार्कीको लास नेपाल पठाउनको लागि डकुमेन्ट तयार पार्न नेपालि दूतावासमा दुई दिन देखि धाइरहेको छन् ।
सुनारका अनुसार हिजो अर्थात ९ जनवरी २०१७ मा यहाँ आए तर उनलाई बिभिद पेपर नमिलेको भनि फर्काइयो र आज १० जनवरी २०१७ मा बिहान ७ बजे देखि दुताबाश को ढोका मा पर्खि बसेका रैछन, आज अफिस ९ बजे खोलियो तर कोहि पनि अफिशमा बस्ने कर्म चारी आएनन र सुनारले १०:४१ बजे उपस्थित कार्यालयका सयोगी कर्मचारीसँग सोददा थाहा पाए कि सबै जसो कर्मचारीहरु नेपाल बाट आज पाल्नु हुने मन्त्रि ज्यु को स्वागत मा आबस्याक सामान किन्न कतारमा प्रमुख मानिएका सफारी मल, लुलु हाइपर मार्केट,सिटि सेन्टर तिर गएका रहेछन!
यहाँ बाहिर हेर्दा करिब २०० को हाराहारीमा कामदार आ-आफ्नो समस्या लिएर बस्नु भएको छ, तर दूतावासका कर्मचारी भने नेताका चाकरी गर्न तत्लिन देखीको बुझियो । १ जना कन्चनपुर घर भएका रमेश चौधरी ले भने हामी चारलाख कामदारको हकहितको लागि बसेको दूतावासका प्रया सबै कर्मचारी नेताको चाकरिमा दौडनछन भने हामीले कुन चाई सेवा र सुबिधा को अपेक्षा गर्ने भन्दै आफ्नो गुनासो पोखेका थिए ! जानकरी अनुसार नेपाल बाट प्र-रास्ट मन्त्रि कतार हुदै अमेरिका जान आउनु लाग्नु भएको रहेछ र उहाको सम्मान मा केहि दिन देखि दुताबाश तल्लिन छ र सुनिन्छ यहा मन्त्रि ज्यु बस्द्दा सम्म दुताबाशको समस्या येस्तै देखिने पक्का छ! यस् समस्या तिर दुता बाश का कार्याकारी र खूद नेपाल सरकार को ध्यान जान आबस्याक देखिन्छ!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...