Monday, January 23, 2017

कनेक्टिकटका नेपाली समुदायलाई प्रभावकारी भाषण कलाको तालिम

अमेरिकाको कनेक्टिकट राज्यमा स्थापना भएको लाइन्स क्लब अफ हार्टफोर्ड काउण्टी एभरेष्ट सेन्टेनियल”को आयोजना एक दिने “प्रभावकारी सार्वजनिक भाषण” तालीम सम्पन्न भएको छ l

संघ तथा संस्थामा लागेका पदाधिकारी तथा अन्य नेपाली समुदायले निर्धक्क ,निडर ,आत्मविश्वास र उत्कृष्ट प्रस्तुति साथ सार्बजनिक तथा अन्य समारोहमा भाषण धारा प्रबाह दिन सकुन भन्ने मूल ध्येय ले गत जनवरी २२ तारिख एक दिने कार्यक्रमको आयोजना गरियो l

तालीममा क्लबका सदस्यहरु र नेपाली समुदायका सदस्यहरु सहित ३५ जनाको सहभागीता रहेको थियो l सो तालिम कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ४ सी-३ क्यालिफोर्निया उप जिल्ला गभर्नर राजेन थापा प्रमूख प्रशिक्षक तथा लाइन्स क्लब अफ हार्टफोर्ड काउण्टी एभरेष्ट सेन्टेनियल ,कनेक्टिकटका चार्टर सभापति राज श्रेष्ठ रहेका थिए l

उक्त कार्यक्रममा प्रमुख अतिथि लाइन्स क्लब अन्तर्राष्ट्रिय २३ बि का जिल्ला गभर्नर क्याथी रयान्डल तथा अतिथिहरुमा नेपाल ३२५ जिल्ला गभर्नर पूर्व अध्यक्ष सहित अन्य रहेका थिए l

प्रमुख परीक्षक राजेन थापा क्यालिफोर्निया बाट कनेक्टिकट तालिम दिन मात्र आएका थिए भने थापा अमेरिकामा नेपाली समुदायको ईतिहास मै अमेरिकाको लाइन्स क्लबमा यति माथि पदमा पुग्ने उनि पहिलो नेपाली मुलका भएका छन् l आगामी जुन महिनामा सिकागोमा हुने लाइन्स क्लबको गभर्नरमा पनि सपथ ग्रहण लिने भएका छन् l

प्रशिक्षक थापा अमेरिकामा नेपालीहरुको लागि लाइन्स क्लबका प्रणेता हुन् l तालीममा विभिन्न तरिका ,ब्यबहारिक ज्ञान ,मूल मन्त्र ,प्रयोगात्मक तथा उदाहरण प्रस्तुति दिदै सहभागीहरुले तालिम प्रभावकारी र निकै लाभान्वित भएको बताएका थिए l

प्रशिक्षक थापा नेपाल जेसिज बाट प्रशिक्षकको लागि प्रशिक्षण तालिमका पहिला समुहका प्रशिक्षक हुन् भने उनले नेपालमा हुँदा जेसिज तथा अन्य विभिन्न समुदायमा अनगिन्ती तालिम दिएका छन् l

यसै गरि राज श्रेष्ठ पनि नेपालमा विभिन्न संघ तथा संस्थामा नेतृत्वमा रही सकेका हुन् भने उनि पनि राम्रो प्रशिक्षक हुन् l पहिलो पटक कनेक्टिकट मा तालिमको चाजो मिलाएकोमा हर्ष व्यक्त गर्दै यो संघ तथा संस्थामा लाग्नेले लिदा फाईदा हुने बताए l

र सहभागी मुलका रुपमा रहेको “प्रभावकारी सार्वजनिक भाषण” सहभागीहरुले रुचाएको र सोचेको भन्दा अझ राम्रो सहभागीहरुलाई लागेको प्रशिक्षक श्रेष्ठले बताए l कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...