Wednesday, January 25, 2017

मोरङमा गोली चल्यो, एक जना घाइते

विराटनगर, १२ माघ । मोरङमा बुधबार दिउँसो गोली चलेको छ ।

हतियारधारी समूहले चलाएको गोली लागेर जीवन विकास समाज कटहरीका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदार घाइते भएका छन् । उनको उनको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । बहरदारको बायाँ तिघ्रामा गोली लागेको छ ।

उनीमाथि करसियास्थित पुलमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । साथै ३–४ जना हतियारधारी समूहले बहरदारले बोकेको २ लाख बढी रकम लुटेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...