Saturday, January 14, 2017

सन फ्रान्सिस्कोमा जिजु हजुर आमाले लागेको पुस्तक पनातिले एक शताब्दी पछि पुस्तकालयलाई पुस्तक फिर्ता दिए

अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा रहेको एक पुस्तकालयले आफ्नो पुस्तक १ सय बर्ष पछि फिर्ता पाएको छ l म्याद गुज्रिएर र जरिवाना माथि जरिवाना लाग्ने उक्त पुस्तक प्राप्त गर्दा पुस्तकालयले विना दण्ड पुस्तक फिर्ता लिएको छ l

सन फ्रान्सिस्को को फेयर फिल्ड का निवासी वेब जोन्सनले गत जनवरी १३ तारिख बुझाएका थिए l उनकि जिजू हजुरआमा (हजुर आमा कि पनि आमा )ले सन् १९१७ मा लिएकी थिइन् l पुस्तक लाने जिजू हजुरआमा को पहले नै मृत्यु भएको छ l

लेखक एफ हप्किन्सन स्मिथ द्वारा १९०९ मा प्रकाशित फोर्टी मिनेट्स लेट नामक उक्त पुस्तक जोन्सनले बाफले चल्ने जहाजको खम्बामा पाएका थिए l पनाति वेब जोन्सनले उक्त पुस्तक फिर्ता गर्दा पुस्तकालयले लिन्छ कि लिदैन भन्ने दुबिधामा परेका बेलामा जरिवाना माफ कार्यक्रम आगामी फेब्रुअरी १४ सम्मको लागि संचालनमा ल्याएकोले पनातिले उक्त पुस्तक बुझाएको एसएफगेट डट कम मा समाचार छ l पुस्तकालयक प्रमुख लुइस हेरेराले प्रसंन्न हुँदै उक्त किताब बुझेका थिए l

हाल २०१७ मा जरिवाना शुल्क १० सेन्ट लाग्ने नियम रहेकोले यदि त्यो सय बर्ष अगाडिको पुस्तकलाइ जरिवाना लगाउने हो भने कुल ३ हजार ६ सय ५० डलर पर्ने थियो l अहिलेको पुस्तकालयको एमनेस्टी कार्यक्रम अन्तर्गत बिलम्ब भएको कारण ५ डलर रहेको छ भने त्यस्मा कुनै दण्ड लिइएको छैन l
एपी /तस्बिर श्रोत : सानटियगो मेजिया ,दि क्रोनिकल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...