Wednesday, January 18, 2017

सूृचना जनताको विकासको आधार बन्नुपर्छ : सञ्चारमन्त्री

;~rf/dGqLnfO{ /f;; bfªdf :jfut
;”rgf tyf ;~rf/dGqL ;’/]Gb|s’df/ sfsL{nfO{ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ t’n;Lk’/ bfªdf :jfut ub}{ /f;;sf dxfk|aGwsnufot /f;;sdL{ . t:jL/ M afnf/fd v8sf, bfª, /f;;

नेपालगन्ज, ५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचनाको पहुँचले जनताको चेतनास्तरलाई सशक्त बनाउने बताउनुभएको छ ।

बाँके जिल्लाको कोहलपुरस्थित नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्रको आज निरीक्षणका अवसरमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रलाई विशेषत कर्णाली क्षेत्रको जनताको विकासको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “यो प्रसारण केन्द्रले मध्य तथा सुदूरपश्चिमका समुदायको संस्कृतिलाई जगेर्ना गर्न मद्दत पु-याउनुका साथै सूचनामा जनताको पहुँच बढाउँदै जानेछ ।”

आगामी फागुन १ गतेदेखि कुनै पनि हालतमा प्रसारण गर्न आफूले नेपाल टेलिभिजनलाई निर्देशन दिइसकेको बताउँदै उहाँले प्रसारण केन्द्रलाई जनताको नजिकको साथी बनाउन सक्नुपर्छ भन्नुभयो ।

त्यसअवसरमा केन्द्रका इन्जिनियर अर्जुन बटालाले मन्त्री कार्कीलाई प्रसारण समयभित्र सुरु गर्न हाल दु्रतगतिमा काम भइरहेको जानकारी गराउँदै तत्कालीन जनयुद्धका क्रममा विद्रोहीको आक्रमणपश्चात् बन्द रहेको सो प्रसारण केन्द्रको पुनःपरीक्षण प्रसारण यही माघ १७ गते गर्ने बताउनु भयो ।

स्याटेलाइट डिजिटल प्रविधिको नेपाल टेलिभिजन कोहलपुरको प्रसारण सामान्य एन्टेनामा जनताले घरमा हेर्नसक्ने, यस क्षेत्रको कला, संस्कृतिको जर्गेना हुने कार्यक्रम उत्पादन तथा स्थानीय र राष्ट्रिय समाचार प्रसारणसमेत हुने जनाइएको छ ।

विसं २०५१ मा प्रसारणमा ल्याइएको सो प्रसारण केन्द्र २०६१ माघमा विद्रोही समूहको आक्रमण भएपछि बन्द रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...