Tuesday, January 24, 2017

नेपाली जनसम्पर्क समिति, क्यानडाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनवरी २३, क्यानडा।
क्यानडाको भ्रमणमा रहनु भएका गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, युरोप संयोजक कुल आचार्य, गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल एवं गैरआवासीय नेपाली संघ बेलायतका सल्लाहकार रामशरण सिम्खडासंग नेपाली जनसम्पर्क समिति क्यानडाले हिजो बृहत नेपाली समुदायका बीच मिसिसागा स्थित हाक्का खजानामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्यो।

ेपाली जनसम्पर्क समिति क्यानडाका सभापति तुल्सी पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैर-आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तुल्सी प्रसाद सापकोटा, महासचिव सुमन लम्साल लगायत नेपाली समाजका बुद्दिजिबी, समाजसेवी, पत्रकार, एवं विभिन्न पेशा व्यवसायमा आवद्द महानुभाबहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै उपाध्यक्ष पन्तले नेपालको विकासमा आर्थिक लगानीको आबश्यकता र उत्तिकै सम्भावना रहेको कुरा उल्लेख गर्दै आफ्नो क्यानडा भ्रमण यसै बिषयमा अभिमत जुटाउन समेत केन्द्रित भएको र यसको लागि क्यानडाका गैरआवासीय नेपालीहरुको समेत साथ रहने बिश्वाश ब्यक्त गर्नुभयो।

 

सभापति पौडेलले संस्थाको बिगत र आगामी योजनाका बारेमा संक्षिप्त प्रकाश पार्दै आगामी दिनमा नेपालको दिगो विकाश एवं आर्थिक समृद्धिको लागी एनआरएन लगायत क्यानडास्थित विभिन्न संघ-सँस्थाहरुसंग हातेमालो गर्दै नेपाली समुदायका साझा एजेन्डामा सहकार्य गरि अघि बढ्न सधै तयार रहेको कुरा समेत ब्यक्त गर्नुभयो। अत्यन्तै छोटो तयारीमा आयोजना गरिएको सो कार्यक्रमको सान्दर्भिकता सगैं गुणात्मक र संख्यात्मक उपस्थितिको हिसाबले आफैमा महत्वपुर्ण रहेको कुरा नेपाली जनसम्पर्क समिति क्यानडाका महामन्त्री दीपक सापकोटाले बताउनुभयो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...