Tuesday, January 3, 2017

निरन्तर संसद् अवरुद्ध गर्नु अलोकतान्त्रिक : मन्त्री केसी

काठमाArjun-Narsingh-KCडौँ, १९ पुस । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान संशोधन प्रस्तावलाई छलफल नै गर्न नदिन निरन्तर संसद् अवरुद्ध गरेर नेकपा (एमाले)ले अलोकतान्त्रिक पद्धति अपनाएको बताउनुभएको छ ।

समाजसेवी तथा शिक्षक जयराम दवाडीद्वारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको आज लोकार्पण गर्दै उहाँले संविधान कार्यन्वयनमा एमाले बाधक बनेको बताउनुभयो । सविधान निर्माण गर्नेहरुले मधेसी मोर्चालाई सहमति निकाल्न एक ठाउँमा आउनुपर्ने समयमा मधेसलाई अलग राख्न खोज्नु गलत भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सविधान सशोधनको प्रस्तावमा चित्त नबुझे अस्वीकार गर्न सकिन्छ तर प्रस्तावलाई प्रस्तुत नै गर्न नदिनु अराजकता हो, लोकतान्त्रिक मान्यता अनकूल होइन ।” उहाँले सर्वोच्च अदालतले सोमबार गरेको फैसलाले संवैधानिक सहमति निकाल्न नयाँ बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक दवाडीले शिक्षा मानिसका लागि सबैभन्दा ठूलो आवश्यकता भएकाले आफूले देशका विभिन्न जिल्लामा प्राध्यापनका समयमा विद्यालय खोल्ने, महिलालाई शिक्षाका लागि प्रेरित गर्ने गरेको कुरालाई पुस्तकमा समावेश गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...