Monday, January 23, 2017

‘नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय’

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको सद्भावप्रति आभार व्यक्त गर्नुभएको छ । मरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच आज प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उहाँले अहिले आफूहरु प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

त्यस अवसरमा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकामा सराहना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उहाँले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले त्यो अनुभव अन्तर्राष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको पनि बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...