Wednesday, January 18, 2017

‘रेडियो हिमशिखर’ सञ्चालन

सुरुङ्गा (झापा), ५ माघ । यहाँ आजबाट थप एउटा एफएम रेडियो सञ्चालनमा आएको छ ।

हिमशिखर मिडिया प्रालि दमकद्वारा सञ्चालनमा आएको रेडियो हिमशिखर १०३.३ मेगाहर्जको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले सातदशक लामो सङ्घर्षबाट प्राप्त गरेको संविधान कार्यान्वयनमा सञ्चारमाध्यमले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधान उत्कृष्ट संविधान भएको बताउँदै यसको जनतामाझ सञ्चारमाध्यमले सही प्रचारप्रसार गरेर संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ भन्नुभयो ।

यो झापाको १६ औँ र कान्छो एफएम रेडियो हो । यसअघि सोही मिडिया प्रालिले दमकबाट हिमशिखर टेलिभिजन प्रसारण गर्दै आएको थियो । टेलिभिजनको सातौँ वार्षिकोत्सवका अवसरमा एफएम रेडियो समेत सञ्चालनमा ल्याइएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...