Saturday, January 28, 2017

‘यमबुद्ध’को शव नेपाल ल्याई अन्त्येष्टि

 

काठमाडौँ, १५ माघ । केही दिन अगाडि बेलायतमा मृत्यु भएका गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ ।

यही माघ १ गते बेलायतमा मृत्यु भएका २९ वर्षीय यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उहाँको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार आजै साँझ अन्त्येष्टि गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...