Wednesday, January 4, 2017

कुरो त आखिर ऋषि धमलाकै सही सावित भयो, त्योपनि विचित्र तरिकालेः प्रचण्ड

15825870_10211833528060441_7174421212035550398_n

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एक ठाउँमा बसेर छलफल गरेर सहमतिमा जानको लागि लागि मद्दत पुर्याएको बताएका छन् ।

बुधबार रिपोर्टस् क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने– ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ, मैले सहमतिका लागि कोशिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिटै राजनीतिक सहमति जुट्छ ।’

‘ऋषि धमलाको कुरा सही थियो’

पछिल्लो सर्वोच्चको फैसलालेपनि सबै दलहरुलाई एक ठाउँमा ल्याउने सकारात्मक नै वातावरण बनाएको अनुभुति आफूले गरेको बताउँदै प्रधानमन्त्रीले भने– ‘यद्यपी यसको इन्टरप्रेटेशन विभिन्न ढंगले भएपनि वा जे भएपनि सबैलाई एक ठाउँमा आउनको लागि चाहीँ आधार दिएको छ, हुन त ऋषि धमलाले (अस्ति विहान मसँगको भेटमा) फैसला हुनुभन्दा अगाडि नै यस्तो–यस्तो हुने स्थिति छ है भन्नुभयो, के भन्छन यिनले भनेजस्तो लाग्या थियो, कुरो त आखिरी ऋषि धमलाकै सही सावित भयो, त्योपनि चाहीँ मलाई विचित्र लागेको छ ।’

देशलाई विकासको बाटोमा लैजानेतरि सबै गम्भीर बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने– ‘यो पक्षलाई क्लबले ध्यान दिओस् भन्ने आग्रह गर्दछु, विकास निर्माणका कामलाई मैले तिव्रता दिएको छु, हिजोसम्म आइपुग्दा त नेपालको नक्साको चारवटै कर्नरमा म पुगेछु क्या । दोधारा चाँदनी गएँ, अहिलेसम्म कोही प्रधानमन्त्री पनि गएको रहेनछन् ।’

क्लबका सभापति ऋषि धमलाबारे प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले भने- ‘धमलाजीको पनि सबै इन्फरमेशन लिने झण्डै–झण्डै एउटा पत्रकारितामा जति जसले जे–जे भनेपनि गडगिफ्टेड नै भयो । एउटा विशेषता धमला भनेपछि..सबै हो क्या ।’

क्लबले आफ्नो स्थापनाकालदेखि नै नेपालको राजनीतिका तमाम उतारचढाव, घुम्ती र मोडहरुमा आफ्नो सक्रिय भूमिका निर्वाह गरेर स्थापित भईसकेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने– ‘परिवर्तनलाई संस्थागत गर्ने कुरामा तपाईहरुले विगतदेखि नै आफ्नो ठाउँबाट योगदान गर्दै आएको कुरापनि स्पष्ट भई नै सकेको छ ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...