Tuesday, January 31, 2017

तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक

तामाङसेलोका नायक प्रयास दोङको दिम शाङ्गबरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिष्पर्धी दुनियाँमा होमिएका दोङले गायन क्षेत्रमा  तामाङहरुको लोप हुँदै गएको संस्कृतिलाई जोगाउन संदेश मुलुक गीत संगीत प्रस्तुत गर्दै आएका छन् ।

हालसालै सामाजिक सञ्जालमा सार्वजनिक भएको दिम शाङ्गबरी बोलको गीतमा गायक प्रयास दोङ र गायिका सुस्मिता स्याङ्तानको आवाज रहेको छ । तामाङसेलो शैलीमा रचिएको गीतमा गायक दोङको आफ्नै शब्द संगित रहेको छ ।

न्होर्वु शेर्पाको संगित संयोजनलाई दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

सार्वजनिक भएको भिडियोमा सुष्मा र प्रवेश लगायतका कलाकारहरुको अभिनय रहेको छ । प्रतीक ङ्गेसुरको कोरियोग्राफी रहेको भिडियोलाई बिक्रम लामाले छायांकन गरेका हुन् ।

दिपक तामाङ र बिक्रम लामाको सम्पादनलाई मूर्त रुप दिएका छन् निर्देशक प्रेम लामाले । तामाङसेलो संस्कृतिलाई जगेर्ना गर्न प्रयास दोङको प्रस्तुती सराहनीय छ ।

हेर्नुहोस् भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...