Wednesday, January 11, 2017

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनुरोध

 

मिति : १/११/२०१७
श्रीमान पदाधिकारी तथा आजीवन सदस्यज्यूहरू,
बोर्ड अफ ट्रष्टी पदाधिकारी तथा सदस्यज्यूहरू,
च्याप्टरका अध्यक्षज्यूहरू
तथा सम्पूर्ण साहित्यकारज्यूहरू, साहित्यानुरागी महानुभावहरुमा …
सहयोगका लागि हार्दिक अपील
नेपाली साहित्यका चम्किला तारा उज्ज्वल जिसी र साहित्यिक पत्रकारिताका अथक सेवक तेजकुमार श्रेष्ठ यतिखेर अस्वस्थ भइ उपचारका क्रममा रहनु भएको छ | जिसी क्यान्सरसंग लड्दै हुनुहुन्छ भने श्रेष्ठ मिर्गौला प्रत्यारोपणका क्रममा हुनुहुन्छ | यी दुवै रोगको उपचार आर्थिक रुपले महँगो हुने हुनाले उहाँहरु सहयोगको अपेक्षामा हुनुहुन्छ | यसैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न र सहयोग जुटाउन अन्तरराष्ट्रिय नेपाली साहित्य समाज , केन्द्रीय कार्यसमितिको तर्फबाट हार्दिक अपिल गर्दै उहाँहरूको स्वास्थलाभको कामना गर्दछु |
सहयोग जम्मा गर्ने स्थान
१.उज्ज्वल जिसीलाई सहयोग गर्न…
उज्ज्वलकुमार जिसी नबिल बैंक खाता नम्बर ९८१००१९६००४६९ पुल्चोक शाखा , ललितपुर

२. तेजकुमार श्रेष्ठलाई सहयोग गर्न …
तेजकुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखा ,बचत खाता न. २५२१०

सादर
गोवर्धन पूजा
महासचिव
अनेसास केन्द्र

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...