Friday, January 27, 2017

सुदूरपश्चिम सेवा समाज बहराइन गठन

यूएई ।। बैदेशिक रोजगारीको शिलशिलामा बहराइनमा कार्यरत सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज बहराइन गठन गरेका छन् ।

बहराइनमा रहेका नेपालीहरुलाई आईपर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ बहराइनको मनामा मा २७ जनवरी शुक्रबारका दिन बसेको बैठकले उमेश जोशीको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिको हो ।

प्रथम उपाध्यक्षमा पदम खड्का द्वितीय उपाध्यक्षमा गीता नेपाली, महासचिब दीपेन्द्र चन्द र कोषाध्यक्ष भान सिंह ठगुन्ना रहेका छन् ।

नवगठित समाजका अध्यक्ष जोशीले छिट्टै बहराइनमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुडिन अनुरोध गरे ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...