अमेरिकाको गुप्तचर सँस्था (सि.आई. ए.) ले क्लिन्टन प्रशासन काल को समयमा परेको मुद्धामा सम्झौता गर्दै दुई करोड चालीस लाख डलर दिने भएको जनाएको छ l झन्डै १ सय वटा अस्वेत जासुसहरुको भनाई अनुसार स्वेत जासूसहरु अफ्रिकन अमेरिकन भन्दा ज्यादा योग्यता प्राप्त हुन्छन भनि प्रचार गरेको बिषयमा लामो समय सम्म मुद्धा चले पछि अन्तत्वगत्वा अमेरिकी गुप्तचर सँस्थाले उक्त रकम तिर्ने भनेको छ l
गुप्तचर सँस्थाले आफु बाट केहि अन्याय नगरेको र कुनै संस्थागत पक्षपात गर्न नचाहेको तर सम्झौता गरिएको रकम तिर्न चाहेको भनि वाशिंगटन पोस्ट मा समाचार छ l
जस मध्ये ८ वटा मुद्धा चलाउने वादीहरुले ३ लाख डलर पाउने छन् भने अन्य शेष रकम सबै अफ्रिकन अमेरिकन जासुसमा विभाजित हुने छ l अमेरिकाको होम ल्याण्ड सेक्युरिटी का सचिब जेह जोन्सनले हामीले केवल ठिक कुरा गरेको भनि वक्तव्यमा जनाएका छन् l
१९९५ देखि २००५ सम्म स्वेत जासूसहरुलाई ज्यादा कृपा गरि पदवृद्धि गर्ने पक्षपात गरिएको बिषय नै मुद्धाको केन्द्र बिन्दु रहेको थियो l अदालती मुद्धा अनुसार स्वेत जासूसहरु कम अनुभव र अधिक खराब कार्य सम्पादन भएता पनि अफ्रिकन अमेरिकन जासूसलाई कम मुल्यांकन गरिने जनाएको छ l
No comments:
Post a Comment