१४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको हो ।
राष्ट्रपति भण्डारी दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा बस्नुभयो र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गर्नुभयो ।
No comments:
Post a Comment