Friday, January 27, 2017

मेरिल्याण्डकि केमिका भण्डारी चितवन हात्ती पोलो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित र उनको टोलि प्रथम

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी केमिका भण्डारी चितवन हात्ती पोलो प्रतियोगितामा उत्कृष्ट घोषित गरियो l यसको साथै उनको समुहले प्रथम स्थान हासिल गर्यो l

डीसी महानगर क्षेत्रमा स्थापित नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनल कि कोषाध्यक्ष भण्डारी पोलो प्रतियोगिता खेल्न अमेरिकाबाट नेपाल गै प्रतियोगितामा भाग लिने उनि मात्र नेपाली समुदाय कि एक मात्र महिला पोलो खेलाडी हुन् l प्रथम एयर डिनास्टी कप हात्ती पोलो नामक प्रतियोगितामा २ वटा विदेशी र ४ वटा स्वदेशी समुह गरि ६ वटा समुहले भाग लिएका थिए l उक्त खेल हेर्न स्वदेशी तथा बिदेशिहरु खचाखच भिड रहेको थियो भने बिश्व मा हात्ती पोलो खेल्ने देश मध्ये नेपाल पनि पर्दछ l

पहिलो पटक उनको ब्लु प्लानेट नामक समुहले सहभागी भै महोत्सवमा हात्ती पोलो प्रतियोगिताको उपाधि जितेको थियो l अन्तिम खेलमा कुमकुम सेरामिक्सलाई ३ का विरुद्ध ४ गोलले पराजित गरी ब्लु प्लानेटले उपाधि जित्न सफल भएको थियो । ब्लु प्लानेटलाई जिताउन विनोद चौधरीले ३ र श्रीराम सिलवालले १ गोल गरेका थिए । सेरामिक्सको तर्फबाट ठगा पञ्जिकारले २ गोल र शम्भु चौधरीले १ गोल गरेका थिए l

हात्ती पोलो प्रतियोगितामा केमिका भण्डारी ,अञ्जन पाण्डे र विनोद चौधरी ३ जना उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैगरी हात्ती छिटो दौड प्रतियोगिताको उपाधि जिल्ला विकास समिति चितवनको अनारकलीले जितेको थियो । यसै गरि होटल बाराही पोखराको बम्बोजकली दोस्रो र सिद्धार्थ रेफ्रीजेरेशनको एकताकली तेस्रो भएको थियो ।

चितवनको पर्यटन प्रबर्धनको लागि क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको चितवन हात्ती महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि भूमिसुधारमन्त्री विक्रम पाण्डेले प्रतियोगितामा विजयी टोलि लाई पुरस्कार वितरण गरेका थिए ।

संघका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो भने पोलोको संयोजन होटल व्यवसायी शंकर सैंजूले गरेका थिए l हात्ती महोत्सव अन्तर्गत आयोजित हात्ती सुन्दरी प्रतियोगितामा एकताकली प्रथम, पुपाकली द्वितीय र सेल्फीकली तृतीय भएका थिए । यसैगरी, हात्ती श्रृंगार प्रतियोगितामा पुनमकली प्रथम, सुन्दरकली द्वितीय र पिंकीकली तृतीय भएका थिए l

हरेक वर्ष डिसेम्बरमा हुने उक्त प्रतियोगिता डिसेम्बर २६ देखि ३० सम्म भएको थियो भने समापन समारोहमा गायकद्वय नेत्रजी पन्त र भुवन प्यासीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

पोलो खेलाडी केमिका भण्डारी कर्म थलो अमेरिका आई सकेकी छिन् l भण्डारी सन् २०१३ मा विश्व हात्ती महासंघले आयोजना गरेको प्रतियोगितामा अमेरिका बाट नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनलको प्रतिनिधित्व गर्दै नेपाल गएकी थिइन् l ८ वटा खेल समुहले भाग लिएको उक्त प्रतियोगितामा भण्डारीको टोलि द्वितीय स्थान हासिल गरेको थियो l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...