८ जनवरी २०१७ – अमेरिकाको राजधानी वाशिंगटन डिसी मेट्रो यरियामा पनि तमु ल्होशार – पर्ब भब्यताकासाथ मनाईयो।
तमु ल्होशारमा : स्वागत समारोह, रात्रिभोज, सांस्कृतिक कार्यक्रम, डिजे सहितका
रमाईला कार्यक्रमहरु आयोजना गरिएको थियो।
अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतित्यमा तमु ल्होशार आयोजना भएको थियो। ल्होशारको शुरुमा आयोजित स्वागत समारोहमा, प्रमुख अतिथीको मन्तब्य दिंदै राजदुत डा. कार्कीले भन्नुभयो – नेपाल देखी यति टाढा आएर पनि तपाईहरुले आफ्नो भेष, भुषा सहित ल्होशार मनाउनु भनेको बिदेशमा पनि नेपालको संस्कृती संरक्षण गर्नु हो भन्दै नेपालको संस्कृती संरक्षणमा ग्रेटर वाशिंगटन तमु समाजले गरेको प्रशंसनीय-कार्यको लागी नेपाली राजदुतावास र नेपाल सरकारको तर्फबाट आयोजकहरुलाई धन्यबाद दिनुभयो।
अमेरिकाको बिद्यालय तथा कलेजहरुबाट हालै ग्राजुएट गरेका गुरुङ – बिद्यार्थीहरुलाई
ग्रेटर वाशिंगटन तमु समाजका अध्यक्ष नन्द गुरुङको अध्यक्षतामा स्वागत समारोह आयोजना भएको थियो।एक्स ब्रिटिश गुर्खाज चेतमान गुरुङले सम्मानित ब्यक्तिहरुको परिचय गराएका थिए भने संस्थाका महासचिब सुरेन्द्र गुरुंगले कार्यक्रम संचालन गरेका थिए। ल्होशार-कार्यक्रमको संयोजक राम गुरुङ थिए। लम्बेतान ? भाषण मात्रै गर्ने अन्य संस्थाहरुले पाठ सिक्नै पर्ने खालको बडो ” छोटो मिठो ” स्वागत समारोह गरिएको थियो।
तमु ल्होशारका झलकहरु ( तस्बिर: चक्र बिस्ट )
No comments:
Post a Comment