Monday, January 30, 2017

अमेरिका नेपाल शिक्षा सदनको प्रथम बार्षिक उत्सव

अमेरिका नेपाल सहयोगी समाजको भात्रि सस्था “अमेरिका नेपाल शिक्षा सदन”ले यहि फेब्रुअरी १२ तारिक आइतबार मनाससमा एक कार्यक्रम गर्दैछ। बिगत एक बर्ष पहिला देखि स्थापित यो एकेडेमीले प्रतेक हप्ता नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा संस्कृती,नैतिक शिक्षा तथा नेपाल परिचय सम्वन्धी कक्षा सन्चालन गर्दै आइरहेको र भविस्यमा पनि नेपाली कक्षा जारि राख्ने छ जसबाट अझ थुप्रै बालबालिका भविस्यमा पनि लाभान्वित हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा एकेडेमिमा अध्यनरत विद्यार्थीहरुले बिबिध सास्क्रितिक कार्यक्रम पस्तुत तथा उनिहरुले आफुले सिकेका कुराहरु बताउनेछन्।तसर्थ साना साना बालबालिकाहरुको प्रस्तुति हेर्न तथा उनिहरुलाई हौसला बढाइदिनुहुन डी सि मेट्ट्रो एरियामा रहनु हुने आमा बुबा दाजुभाइ दिदिबहिनिहरु तथा बिभिन्न सघ सस्था सबैमा अनुरोध गरिन्छ।

हाल हाम्रै समाजमा हजुरबा आमाले नातिनातिनाले बोलेको नबुज्ने नातिनातिनाले हजुरबा आमाले बोलेको नबुजेर समस्या आइसकेको छ।अमेरिकामा बसेपछि हाम्रा बालबालिका तथा शाखा सन्तानहरुले अंग्रेजी त नसिकाए पनि त्यसै सिकिहाल्छन।तर नेपाली भाषा अबस्य सिकाउनु पर्छ।तसर्थ हामी सबैले आआफ्ना बाल बच्चाहरुलाई नेपाली बोल्न र बुझ्न सक्ने मात्र बनाउन पहल गर्नु अत्यन्तै जरुरि भैसकेको छ।यहि कारणलेनै हाल अमेरिकाका बिभिन्न ठाउँमा खोलिएका नेपालीहरुका सामाजिक संस्थाहरुले नेपाली भाषाका कक्षाहरु संचालन गर्दै आएका छन्।स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले पनि स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ। इच्छुक अभिभावकहरुले आफ्ना बच्चाको लागि अावेदन फारम संस्थाको website www.anhsdc.org मा गएर भर्न समेत सक्नु हुनेछ।

America Nepal Helping Society is registered non-profit organization based in Northern Virginia near Washington DC. It is a community based organization serving in …

थप जानकारीका लागी सम्पर्क:

सम्पर्क/कार्यक्रम संयोजक:
रोम ज्ञवाली 540-449-1597 तथा ANHS Team
स्थान- Best western Hotel
10820 Ballsford Rood
Manassas VA, 20109
मिती- Sunday, Feb 12, 2017
समय- 1:00PM-5:00PM

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...