Friday, January 6, 2017

अठ्ठाइस जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम

नवलपरासी, २३ पुस । नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ ।

राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो ।

विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण, जन्मिसकेपछि आवश्यक खोप सेवा दिनेबारे प्रचारप्रसार गर्नु सो कार्यक्रमको काम हो ।

सोअनुसार नवलपरासीका रामग्राम नगरपालिकासहित २० गाविसमा कार्यक्रम सञ्चालनमा छ । यसका लागि यस वर्ष करिब रु एक करोड बराबरको कार्यक्रम मन्त्रालयबाट स्वीकृत भइसकेको जिविसका पोषण फोकल पर्सन एवम् कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताउनुभयो ।

विसं २०७०–७१(सन् २०१३) देखि नेपालमा सो कार्यक्रम लागू भएको हो । सोअनुसार पहिलो वर्ष छ जिल्ला, दोस्रो वर्ष ११ र तेस्रो वर्ष बाँकी ११ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...